आर्यन र साम्राज्ञी अभिनित कायरा साउन १८ मा !


चलचित्र कायरा श्रावण १८ गतेबाट प्रर्दशन हुने भएको छ । साम्राज्ञी शाह र आर्यन सिक्देल अभिनित यो चलचित्रलाई अभिनेता आर्यन सिक्देल आफैले निर्माण गरेका हुन् ।

कायराका बितरक सुनील मानन्धरले बिहिबार बेलुका नेप्लीउड सँग कुरा गर्दै कायराको प्रर्दशन मिति तोकीएको बताए । 

पछिल्लो समय अन्य निर्माता र निर्देशकले आफुलाई फिल्ममा लिन छोडेपछि अभिनेता आर्यनले आफैले आफुलाई चलचित्र क्षेत्रमा पुर्नस्थापीत गर्नको लागी यो चलचित्र निर्माण गरेको बताईएको छ । 

लक्ष्मण रिजालले निर्देशन गरेको यो चलचित्रको छायांकन फिलिपिन्स र नेपालमा गरिएको हो । 

Powered by Blogger.