करिस्माकी छोरी र शिव श्रेष्ठको छोराको एक साथ फिल्ममा डेब्यु !


सुन्दरी अभिनेत्रीको उपाधि पाएकी करिस्मा मानन्धर र अभिनेता शिव श्रेष्ठको छोरीले एक साथ चलचित्रमा डेब्यु गर्न लागेका छन् । 

यो कुराको जानकारी मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि गराईएको हो ।

शिब श्रेष्ठ आफै प्रस्तुतकर्ता रहेको यो चलचित्रको नाम (एउटा यस्तो प्रेम कहानी) रहेको छ ।

यहि अवसरमा आज यो चलचित्रको टिजर पनि रिलिज गरिएको छ । रिलिज गरिएको टिजरमा भने शिव पुत्र शक्ती श्रेष्ठ र करिस्मा पुत्री कविता मानन्धर अटेका छैनन् । निर्माण पक्षले यसलाई एक्सन टिजर बताएको छ । 

टिजरमा शिब श्रेष्ठ,प्रियंका कार्की,आयुस्मान देशराज,संजोग कोईराला,वर्षा राउत लगायतका कलाकारहरुलाई प्रस्तुत गरिएको छ । 

करिब २ करोडको लगानी रहने बताईयको यो चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका छन्, भने निर्माताहरुमा यसोदा राई र दिनेश दर्शनधारी रहेका छन् । दिपेशकै निर्देशनमा तयार भएको पहिलो चलचित्र मंदीरा करिब एक वर्ष पहिले रिलिज भैसकेको छ । 





Powered by Blogger.