(झमक बहादुर) (मुम्बई एक्सप्रेस)को हु -बहु कपि (हेर्नुस भिडियो सहित)


२००५ मा दक्षीण भारतीय फिल्म उधोगले निर्माण गरेको चलचित्र मुम्बई एक्सप्रेस अहिले २०१८ मा आएर नेपालमा निकै हिट भएको छ । अहिले युटुबमा यो फिल्म हेर्ने नेपालीको संख्या बढेको पाईएको छ । 

यसरी दर्शक बढ्नुको प्रमुख कारण हो केही दिन पहिले प्रर्दशन भएको नेपाली फिल्म कोहलपुर एक्सप्रेस । कोहलपुर एक्सप्रेस अभिनेत्री केकी अधिकारीले मुम्बई एक्सप्रेसबाट साभार गरेर निर्माण गरेकी हुन्, भन्ने आरोपले निकै चर्चा पायो । यो चर्चाले केकी अधिकारीलाई बेफाईदा गर्यो भने मुम्बई एक्सप्रेसलाई फाईदा गर्यो । 

यो चर्चा सेलाउन नपाउँदै फिल्म झमक बहादुरले पनि मुम्बई एक्प्रेसको हुबहु कपि गरेको पाईएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी पहिलो ट्रेलर रिलिज गरेको झमक बहादुरको यो ट्रेलरले फिल्म हुबहु कपि भएको स्पस्ट देखाएको छ । 

ट्रेलरमा प्रयोग गरिएका संवाद,पात्रहरु , ति पात्रहरुको अवस्था सबै फिल्म मुम्बई एक्सप्रेस सँग हुबहु मिलेको छ ।
यसरी अर्काको कपि गरेर फिल्म निर्माण गर्ने परम्पराले नेपाली चलचित्र क्षेत्रको विकास गर्न मद्धत गर्ला त ? यो गम्भिर प्रश्न अहिले सम्पुर्ण नेपाली चलचित्रकर्मीहरुको अगाडी खडा भएको छ । 

दियालो ईन्टरटेन्मेन्ट र यु बि फिलिम्सको ब्यानरमा मिन कुमार तामाङ्गले निर्माण गरेको झमक बहादुरलाई भोमन कटुवालले निर्देशन गरेका छन् ।

चलचित्रमा अनुप बिक्रम शाही,यादब देवकोटा,राजु कमेडी,सुजाता थापा,मिन कुमार तामाङ्ग,नियोना गुरुङ्ग,कल्याण अधिकारी,कोनीका घिमिरे,राजन मर्हजन लगायत कलाकारले अभिनय गरेका छन् ।

हेर्नुस झमक बहादुरको ट्रेलर 

हेर्नुस मुम्बई एक्सप्रेस पुरै फिल्म





Powered by Blogger.