‘हिरोज्’ अब लम्फु सँगै प्रर्दशन हुने !


हल नपाएको कारण पुर्व निर्धारीत मितिमा प्रर्दशन हुन नसकेको चलचित्र हिरोजले नयाँ प्रर्दशन मिति तोकेको छ । अब यो चलचित्र बैशाख २८ गतेबाट प्रर्दशन हुने छ ।

यो मितिमा सालोन बस्नेत,कविर खड्का,मरिस्का पोख्रेल,कुसुम श्रेष्ठ (तरकारीवाली) अभिनित चलचित्र लम्फु पनि प्रर्दशन हुँदैछ ।

गोपालचन्द्र लामिछानेद्धारा निर्देशीत र शक्ति बल्लब घोरासैनीद्धारा निर्मीत यो चलचित्रलाई राम्रै ब्यापार गर्न सक्ने भनि मुल्यांकन गरीएको छ ।

लम्फु सँग जुध्ने भएका कारण हिजोजले धेरै घाटा बेर्होनु पर्ने अनुमान लगाउन थालीएको छ ।

मुकेश ढकाल,करिस्मा मानन्धर,पुर्णीमा लामा, जयकिसन बस्नेत, संजोग राणा, दिलकृष्ण श्रेष्ठलगायतका कलाकारले अभिनय गरेको चलचित्र हिरोजलाई एन.बि मर्हजनले निर्देशन गरेका हुन् ।

जय लक्ष्मी फिल्मस्को ब्यानरमा पुर्णीमा लामाले निर्माण गरेको हिरोजको बितरण सुनिल मानन्धरले गर्दैछन् ।
चलचित्रमा कमल राई, कविराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी,शिब ढकाल र रामशरण उप्रेतीले छायांकन रहेको छ ।



Powered by Blogger.