रेखा चल्न छोडेपछि आँचलको प्रयोग (भिडियो सहित)


करिब ३ वर्ष पहिले निर्माण गरिएको चलचित्र हिरो रिर्टनको पहिलो गित रिलिज गरिएको छ । 

लामो समय देखी प्रर्दशनको विषयमा अलमलमा परेको यो चलचित्रको गित रिलिज भए सँगै अब चाँडै नै प्रर्दशन हुन सक्ने मुल्यांकन गरिएको छ । 

रिलिज गरिएको गितमा अभिनेता सविन श्रेष्ठ र अभिनेत्री आँचल शर्मालाई प्रस्तुत गरिएको छ । 

यो चलचित्रमा मुख्य भुमिकामा अभिनय गरेकी अभिनेत्री रेखा थापालाई भने गितमा कही कतै पनि देखाईएको छैन् । कतै निर्माण पक्षले रेखाको टाउको बिक्न छोडेकाले यसो गरेको त होईन ? भन्ने शंका पनि उब्जीन थालेको छ ।

टंक बुढाथोकीको शब्द तथा संगीत र स्वर मा तयार भएको यस गितमा टंक सँगै मनिषा पोख्रेलको पनि स्वर रहेको छ । यस गितको भिडियोको कोरीयोग्राफी भने कविराज गहतराजले गरेका छन् ।

चलचित्रमा आशिष भेटवालको निर्देशन,मदन कस्यप घिमिरेको छायांकन रहेको छ भने टंक सँगै दिपक शर्माको पनि संगीत रहेको छ ।

प्रर्दशन मिति तय नभई सकेको यो चलचित्रलाई भिम न्यौपाने र अमित श्रेष्ठले निर्माण गरेका हुन भने सविन श्रेष्ठ यसका प्रस्तुतकर्ता हुन् ।

चलचित्रमा सविन श्रेष्ठ,रेखा थापा,डिबि बम्जन,दिल श्रेष्ठ,सुलेमान संकर,सुरेश थापा, रोशन श्रेष्ठ,सुशान्त श्रेष्ठ,सरोज खनाल, लक्ष्मी गिरि लगायत कलाकारले अभिनय गरेका छन् ।





Powered by Blogger.