डमरुको डण्डीबियोको अर्को गित रिलिज (भिडियो सहित)


गत सुक्रबारबाट प्रर्दशनमा आएको चलचित्र डमरुको डण्डीबियोले आईतबार गित रिलिज गरेको छ ।

डण्डीबियो खेलको विषयमा निर्माण भएको यो चलचित्रले सुखद ब्यापार गर्न सफल भएको बताईएको छ ।

गन्तब्य बोल रहेको यो गितमा एकतारेको शब्द,कालिप्रसाद बासकोटाको संगीत र रिकेश गुरुङ्ग, विध्या तिवारीको स्वर रहेको छ ।

रिलिज गरिएको गितको भिडियोमा खगेन्द्र लामिछाने र मेनुका प्रधानले अभिनय गरेका छन् ।

समृद्धी ईन्टरटेन्मेन्टको ब्यानरमा बिनोद गुरुङ्ग र नोर्बु छिरिङ्ग घलेको लगानी रहेको यो चलचित्रमा खगेन्द्र लामिछानेको लेखन र छेतेन गुरुङ्गको निर्देशन रहेको छ ।

चलचित्रमा मेनुका र खगेन्द्रका अलावा अंकीत खड्का,अनुप बराल,आशान्त शर्मा,बुद्धि तामाङ्ग, लक्ष्मी बर्देवा लगायत कलाकारले अभिनय गरेका छन् ।



Powered by Blogger.