जापानमा पनि प्रर्दशन हुँदै (डमरुको डण्डीबीयो) !


बैशाख २१ गतेबाट प्रर्दशन भएको चलचित्र डमरुको डण्डीबीयो अब जापानमा पनि प्रर्दशन हुने भएको छ । 

नेपालमा निर्माण पक्षले अपेक्षा गरे अनुरुप ब्यापार गर्न नसकेपनि दर्शकबाट सकारात्मक प्रतिकृया पाएको यो चलचित्रलाई जापान प्रर्दशनको लागी सेभेन समुराई ईन्टरनेशनलले सात लाखमा खरीद गरेको छ ।

बुधबार चलचित्रका निर्माता बिनोद गुरुङ्ग र सेभेन समुराई ईन्टरनेशनलका प्रतिनिधि राजु लामाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

छेतेन गुरुङ्गद्धारा निर्देशीत यो चलचित्र अहिले पनि राजधानीका केही सिनेमा हलहरुमा चलिरहेको बताईएको छ ।

समृद्धी ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको डमरुको डण्डीबीयोमा खगेन्द्र लामिछाने,अनुप बराल,आशान्त शर्मा,अंकीत खड्का,मेनुका प्रधान,लक्ष्मी बर्देवा लगायत कलाकारले अभिनय गरेका छन् । 







Powered by Blogger.