आजबाट सिनेमा हलमा डमरुको डण्डीबियो !


सुक्रबार प्रर्दशन अन्र्तगत आजबाट सिनेमा हलमा डमरुको डण्डीबियो प्रर्दशन भएको छ । 

केही वर्ष पहिले सम्म नेपालको राष्ट्रिय खेलको रुपमा रहेको डण्डीबियोको खेलको विषयमा बनेको यो चलचित्रलाई खगेन्द्र लामिछानेले लेखेका हुन भने छेतेन गुरुङ्गले निर्देशन गरेका छन् ।

खगेन्द्र लामिछाने,अनुप बराल,मेनुका प्रधान,अंकित खड्का,आशान्त शर्मा,लक्ष्मी बर्देवा लगायत कालाकारले अभिनय गरेको यो चलचित्रलाई समृद्धी ईन्टरटेन्मेन्टको ब्यानरमा बिनोद गुरुङ्ग र नोर्बु छिरिङ्ग घलेले निर्माण गरेका छन् ।

चलचित्रमा हरी हुमागाईको छायांकन,निमेश श्रेष्ठ,प्रितम पाण्डेको सम्पादन,कालिप्रसाद बासकोटाको संगीत रहेको छ ।





Powered by Blogger.