सुरु भयो छक्का पञ्जा ३ को छायांकन !


नेपाली चलचित्रको ईतिहासमा सबै भन्दा धेरै पैसा कमाउन सफल चलचित्र छक्का पञ्जाको सिरिज छक्का पञ्जा ३ छायांकन सुरु भएको छ । 

सुक्रबार बिहान भक्तपुरको सुर्यबिनायक मन्दिरमा शुभमुर्हत गरेर निर्माण पक्षले छायांकन सुरु गरेको हो । 

बैशाख १७ गतेबाट छायांकन सुरु गर्ने भनिएको यो चलचित्रको स्क्रिप्टको काम नसाकीएको भन्दै केही पछाडी सारेर बैशाख २८ बाट सुरु गरिएको छ ।

दिपाश्री निरौलाकै निर्देशन रहने छक्का पञ्जा ३ मा मंगलमबाट सर्वाधीक चर्चा कमाएका अभिनेता पुष्प खड्काले पनि मुख्य भुमिकामा अभिनय रहने छ । पुष्प यो चलचित्रमा छन्, भन्ने कुरा मुर्हतको समयमा मात्रै सार्वजनीक गरिएको हो । भने पुष्प सँगै दिपिका प्रसाँईले पनि यो चलचित्रमा ईन्ट्री मारेकी छिन् । 

यो वर्षको दशैंको फुलपातीलाई प्रर्दशन मिति तोकेको छक्का पञ्जा ३ मा जितु नेपाल,केदार घिमिरे, दिपकराज गिरि,शिबहरी पौडेल,बुद्धि तामाङ्ग लगायतका कलाकारहरु दोहोरीएका छन् । 





Powered by Blogger.