चंङ्गाको ट्रेलर रिलिज (हेर्नुस भिडियो सहित)


सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि जेठ २५ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र चंङ्गाको ट्रेलर रिलिज गरिएको छ । 

टेलिभिजनमा डिठ्ठा सापको नामले चर्चीत रहेका किशोर भण्डारीको निर्देशन र बुनु मैचाको नामले चर्चीत रेश्मा तिमल्सिनाले निर्माण गरेको यो चलचित्र हाँस्य बिधामा केन्द्रीत रहेको बुझिन्छ । 

चलचित्रमा रेश्मा र किशोरका अलावा अंकीत खड्का,बुद्धि तामाङ्ग,लक्ष्मी बर्देवा, कमलमणी नेपाल,प्रेम वर्षा खड्का,राजन खतिवडा,जीवन भट्टराई, लक्की भण्डारी लगायत कलाकारले अभिनय गरेका छन् ।

चंङ्गामा राजनराज खतिवडा,कमल खत्रीको संगीत,कविराज गहतराजको कोरीयोग्राफी र नवराज उप्रेतीको छायांकन रहेको छ ।

यो चलचित्रलाई राजधानीमा करण श्रेष्ठले प्रर्दशन गर्दैछन् ।





Powered by Blogger.