रणबिर र दिपिका पनि यसै वर्ष बिवाह गर्दै !


बलिउड अभिनेत्री दिपिका पादुकोणे र अभिनेता राणबिर शिंह बिचको प्रेम सम्बन्धले अहिले फेरी चर्चा पाएको छ । त्यसो त अहिले बलिउडमा बिवाहको लहर नै चलेको छ । अभिनेज्ञी द्धय सोनम कपुर र नेहा धुपीया केही दिनको मात्रै अन्तरालमा बैवाहीक बन्धनमा बाँधीएक छन् । 

नेहा र सोनमको बिवाहको कुरा सेलाउन नपाउँदै दिपिका पादुकोणे र रणबिर शिंहको बिवाहले पनि चर्चा पाउन थालेको छ । भारतीय संचार माध्यमहरुले उल्लेख गरेअनुसर यि दुई पनि यसै वर्ष बैवाहीक बन्धनमा बाँधीने तयारीमा जुटेका छन् ।

हालै सम्पन्न भएको सोनम कपुरको बैवाहीक समारोहमा दिपिका उपस्थित हुन सकेकी थिइनन् । दिपिकाको अनुपस्थितीमा एक्लै भएका रणबिरले उक्त समयमा दिपिकालाई निकै सम्झीएको आफु निकट साथीहरुलाई बताएको भारतीय संचार माध्यमहरुले लेखेका छन् । 

पार्टीमा केहीबेर डान्स गरेपछि रणबिर घरको सिंडिमा गएर दिपिकालाई फोन गरेर केहीबेर टहलीएका थिए ।





Powered by Blogger.