रणबिर कपुर र आलिया भट्ट एक साथ सोनमको बिवाहमा पुगेपछि......!


केही समय पहिले बलिउड अभिनेता रणबिर कपुर र अभिनेत्री आलिया भट्ट बिचको अफेएरको कुराले मिडियामा राम्रै चर्चा पाएको  थियो । यहि बिषयलाई लिएर कट्रिना कैफ र अलिया भट्ट बिच बोलचाल बन्द भएको समाचारले पनि मिडियामा राम्रै स्थान पायो । 

अहिले भने मिडियामा चर्चाको विषय बनेको छ सोनम कपुरको बिवाह । सोनमको बैवाहीक समारोह पनि आलिया र रणबिरमय भएको समाचार अहिले भारतीय संचार माध्यमहरुले प्रकाशीत गरेका छन् ।



समाचारका अनुसार सोनमको बैवाहीक समारोहमा आलिया र रणबिर एकसाथ पुगेका थिए । अन्य विषयमा गफिएर बसेका अन्य आगन्तुकहरु पनि यो जोडीलाई एक साथ देखेपछि निकै अचम्ममा परेका थिए । 

साँच्चीकै प्रेमी पे्रमीकाकै शैलीमा पुगेको यो जोडी एक साथ पोच दिएर फोटो खिचाउन सम्म पछि परेन । त्यसो त केही दिन पहिले मात्रै आलिया भट्ट अभिनित फिल्म राजीको विषेश शो भएको बेलामा पनि यि दुई बिचको अफेएरको कुराले राम्रै चर्चा पाएको थियो । 

फिल्म ब्रहस्त्रबाट आलिया र रणबिर एक अर्का सँग नजिकीएका हुन्, यो फिल्ममा यो जोडीले सँगै काम गरेको छ । मिडियाको सामु अलिया र रणबिर जसरी प्रस्तुत भएपनि अफेएरको बिषयमा भने कतै पनि खुलेर बोलेका छैनन् । यहि कुराले गर्दा अहिले रणबिरको प्रेमीका कट्रिना कैफ निकै तनावमा रहेको बताईएको छ । 





Powered by Blogger.