आयो अमेरीका ब्वायको ट्रेलर (हेर्नुस भिडियो सहित)


आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र अमेरीका ब्वायको ट्रेलर रिलिज गरिएको छ । ट्रेलर हेर्दा यो चलचित्र कमेडी जनरामा निर्माण भएको बुझिन्छ । 

स्याब्रिड पिक्र्चस र बुद्धि ईन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रमा प्रकास भुजेल र ईन्द्र प्रसाद खरेल निर्माताको रुपमा रहेका छन्, भने सुरज उप्रेती,समीर खरेल र अनुप थापा कार्यकारी निर्माता रहेका छन् ।

विबेक पाण्डेको निर्देशनमा तयार भएको अमेरीका ब्वायमा सन्दिप क्षेत्री,अर्पण थापा,सुनील थापा,कामेश्वर चौरासीया,हरिहर शर्मा,अभय बराल,श्रृष्टी कार्की,आशिष प्रसाँई,शारदा गिरि,रश्मी भट्ट,रमा थपलिया लगायत कलाकारले अभिनय गरेका छन् ।

यो चलचित्र जेठ १८ गतेबाट सार्वजनीक प्रर्दशन हुँदैछ ।





Powered by Blogger.