दाईजो प्रथा बिरुद्धको चलचित्र भोर बैशाख २१ बाट प्रर्दशन हुने !


बिगतमा सती प्रथा बिरुद्धको चलचित्र झोला निर्माण गरेर चलचित्र बृतमा बेग्लै पहिचान बनाएको झोला टिमले अहिले दाईजो प्रथा बिरुद्धको चलचित्र भोर निर्माण गरेको छ ।

बैशाख २१ गतेलाई प्रर्दशन मिती तोकेको यो चलचित्रलाई यादव कुमार भट्टराईले निर्देशन गरेका छन् ।

कृष्ण धारावासीकै लेखन रहेको चलचित्र भोरमा देवेन्द्र प्रसाद पराजुली कार्यकारी निर्माता र राज तिमल्सीना,रामगोपाल थापाको लगानी रहेको छ ।

दाईजो प्रथा महिला हिंसा मात्रै नभएर मानव हिंसा नै भएकाले यसका बिरुद्ध चलचित्रको माध्यमबाट सशक्त रुपमा आफुहरु बढ्ने निर्माण पक्षले बताएको छ ।

चलचित्रमा रामनारायण यादब,अनिता रानी मण्डल,राजेश सक्सेना,परमेस झा लगायत कलाकारले अभिनय गरेका छन् ।

Powered by Blogger.