कलाकार नहुँदा निर्माण पक्षलाई तनाव !

प्रर्दशनको दोश्रो दिन हिंजो शनिबार चलचित्र तिमी सँग ले सुखद ब्यापार गरेको निर्माण पक्षले जानकारी गराएको छ । चलचित्र शत्रु गतेले प्रर्दशन भएको तेश्रो हप्तामा पनि प्रायःसम्पुर्ण सिनेमा हलहरु कब्जा गरिरहेको अवस्थामा पनि तिमी सँग ले अल नेपाल लगभग ४ दर्जन हलमा एक साथ प्रर्दशन आम्भ गरेको थियो ।
चलचित्र प्रर्दशनकै दिन अभिनेत्री साम्राज्ञी शाह लण्डन गएपछि निर्माण पक्ष अलि चिन्तीत भएको बुझिएको छ । बुभिए अनुसार शाह ईन्टु मिन्टु लण्डनमा को छायांकनको लागी उता गएकी हुन् ।

 त्यसो त अभिनेता आकास श्रेष्ठ पनि यो चलचित्र प्रचार प्रसारमा त्यती देखीएको थिएनन्, । उनि पनि अर्को चलचित्रको छायांकनमा ब्यस्त भएको कारण चलचित्र प्रर्दशनको दौडान सिनेमा हलमा पुगेर दर्शक सँग सात्क्षात्कार गर्न नाजीर हुसेन एक्लै भएका छन् । सुक्रबार र शनिबार निर्माण पक्ष सँग नाजीर एक्लै सिनेमा हलमा दौडीएका छन् ।

सबै कलाकारलाई साथमा लिएर हल हलमा जान सकेको भए अझ राम्रो हुन सक्ने निर्माण पक्षको ठम्याई रहेको छ ।

शिशिर राणाको निर्माण तथा निर्देशन रहेको यो चलचित्रमा साम्राज्ञी,आकास र नाजीरका अलावा करिस्मा मानन्धर र शिशिर राणाले पनि अभिनय गरेका छन् ।



Powered by Blogger.