आजबाट सिनेमा हलमा तिमी सँग !

सुक्रबार प्रर्दशन अन्र्तगत आजबाट चलचित्र तिमी सँग ले प्रर्दशन आरम्भ गरेको छ । आजैबाट तेश्रो हप्तामा प्रर्दशन आरम्भ गरेको चलचित्र शत्रु गतेको अझै पनि धेरै सिनेमा हलमा हाउसफुल भएको कारण आजैबाट प्रर्दशन गर्ने भनिएको अर्को चलचित्र हिरोजले भने हल नपाएपछि प्रर्दशन स्थगीत गरेको छ ।

आज पहिलो दिन तिमी सँग को ब्यापार उत्साह जनक भएको निर्माण पक्षले बताएको छ । निर्माण पक्षका अनुसार राजधानीको चावहिल स्थित गोपी कृष्ण सिनेमा हलको कृष्णमा हाउसफुल भएको छ ।

साम्राज्ञी शाह,नाजीर हुसेन,आकास श्रेष्ठ,शिशिर राणा, करिस्मा मानन्धर लगायत कलाकारले अभिनय गरेको यो चलचित्रलाई शिशिर राणाले निर्माण तथा निर्देशन गरेका हुन् ।

Powered by Blogger.