प्रिमियरमा यस्तो प्रतिकृया पायो तिमी सँग ले !

भोली चैत्र २३ गते सुक्रबारबाट प्रर्दशन हुन लागेको चलचित्र तिमी सँग ले राजधानीमा प्रिमियर गरेको छ । बुधबार साँझ गरिएको उक्त प्रिमियरलाई बिहानै देखी परेको पानीले पनि खास्सै असर गर्न सकेन ।

पानी परीरहेता पनि चलचित्र प्रति चासो दिएर हेर्न आउने चलचित्रकर्मी र पत्रकारहरुको भिड बाक्लै थियो ।
प्रिमियरमा चलचित्रका अभिनेता नाजिर हुसेन र अभिनेत्री साम्राज्ञी शाहको उपस्थिती रहेको थियो ।

यो चलचित्रमा यात्राको कथा समावेस गरिएको छ । चलचित्रका पात्रहरु भ्रमणको लागी हिमाली भेग तर्फ जन्छन्, त्यही पेरीफेरी चलचित्र निर्माण गरीएको छ ।

चलचित्र हेरीसकेपछि अधिकांस चलचित्रकर्मी र पत्रकारहरुले चलचित्रको तारिफ नै गरेका छन् । प्रिमियरमा चलचित्रकर्मी र दर्शकहरुले रुचाएको यो चलचित्रलाई दर्शकले रुचाउँछन्, वा रुचाउँदैनन् त्यो भने भोली मात्रै थाहा हुने छ ।

शिशिर राणा द्धारा निर्मित तथा निर्देशीत तिमी सँग मा साम्राज्ञी शाह,नाजीर हुसेन,आकास श्रेष्ठ,शिशिर राणा,करिस्मा मानन्धर लगायत कलाकारले अभिनय गरेका छन्, भने सुशिल क्षेत्रीको छायांकन,कविराज गहतराज, रामजि लामिछानेको कोरीयोग्राफी र रोशन भट्टराईको द्धन्द रहेको छ ।

तिमी सँगलाई बिके फिलिम्सको तर्फबाट गोपालकाजी कायस्थले वितरण गदैछन् ।


Powered by Blogger.