तिमी हुन्छौ जहाँ जहाँको शिर्ष गित रिलिज (हेर्नुस भिडियो सहित)


असार ८ गतेलाई प्रर्दशन मिती तोक्दै चलचित्र तिमी हुन्छौ जहाँ जहाँ ले पहिलो र आफ्नो शिर्ष गित रिलिज गरेको छ ।

अर्जुन पोख्रेलको शब्द तथा संगीतमा तयार भएको यस गितमा अन्जु पन्त र फिरोज बस्नेतले स्वर दिएका छन् ।
चलचित्रका मुख्य अभिनेता, अभिनेत्री मलिना जोशी र मनिश श्रेष्ठ फिचरीङ्गमा रहेको यस गितको भिडियोको कोरीयोग्राफी कविराज गहतराजले गरेका छन् ।

मदन दवाडी,डाल चन्द्र दवाडी र हरिप्रसाद अधिकारीको निर्माण रहेको तिमी हुन्छौ जहाँ जहाँलाई बिकास बस्यालले निर्देशन गरेका छन् ।

चलचित्रमा माधव घिमिरेको पटकथा संवाद,रोशन श्रेष्ठको एक्सन,भुपेन्द्र  अधिकारी र सालिक दुडलको सम्पदन र रामशरण उप्रेतीको छायांकन रहेको छ ।



Powered by Blogger.