सिताराम पोख्रेलको १७ औं म्युजीक भिडियो रिलिज !


सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गायक सिताराम पोख्रेलले आफ्नो १७ औं म्युजीक रिलिज गरेका छन् ।

राष्ट्रिय गित,पप,भजन र आधुनीक गरी करीब १५० ओटा गितमा आवाज दिईसकेका पोख्रेल २०४४ सालमा रेडीयो नेपालमा सजाई दियौं जिन्दगी नै मेरो गित गाएर सांगीतीक क्षेत्रमा प्रवेश गरेका हुन् ।

अहिले रिलिज गरीएको स्वार्थ तिम्रो बोल रहेको गितको भिडियोलाई जनकदिप पराजुलीले निर्देशन गरेका हुन् । यो भिडियोलाई छोटो फिल्मको शैलीमा निर्माण गरिएको छ । भिडियो भित्र नाच्ने गाउने मात्रै नभएर एउटा राम्रो कथा बुनिएको छ ।

रिलिज गरीएको गितमा रमेश अधिकारीको शब्द,करणराज कार्कीको संगीतमा सिताराम पोख्रेलको स्वर रहेको छ, भने गितमा ध्वनी डिजाईन डिजे एल एक्सले गरेका छन् ।

अनु शाह,सुवास पराजुली,सिताराम पोख्रेल,अर्जुन गौतम,प्रांस तिवारी लगायत कलाकारले अभिनय गरेको यो भिडियोमा अर्जुन तिवारीको छायांकन,निशान घिमिरेको सम्पादन र रोशन श्रेष्ठको एक्सन रहेको छ ।



Powered by Blogger.