महानगरीय प्रहरी परिसर टेकु पुगे संकर बिसि !

लोक दोहोरी क्षेत्रमा महानायक कहलीयका कलाकार तथा म्युजीक भिडियो निर्देशक संकर बिसि महानगरीय प्रहरी परिसर टेकु पुगेका छन् । उनि टेकु साईबर अपराध अन्र्तगत उजुरी गर्न पुगेका हुन् ।

केही दिन अघि राजधानीको भृकुटी मंडपमा एउटा कार्यक्रम भैरहेको बेला एक युटुबर संग भएको बिवादको भिडियो युटुबमा अपलोड भएपछि केही ब्यक्तीहरुले जातीय सद्भाव खल्बल्याउने किसिमले युटुबमा प्रतिकृया दिएका थिए ।

उक्त प्रतिक्रृयाको स्कृन सट गरेको पेपर बोकेर संकर आज महानगरीय प्रहरी परिसर टेकु पुगेर जातीय प्रतिकृया दिनेहरु बिरुद्ध कारवाही गरि पाउँ भनि उजुरी दिएका छन् ।

युटुबर संग बिवाद भएको केही दिनमै संकरले यसरी जातीय सद्भाव खल्बल्याउने प्रतिक्रृया दिनेका बिरुद्ध कानुनी लडाई लड्ने बताएपछि उनिहरुले युटुबबाट उक्त प्रतिक्रृया हटाएका छन् । तर प्राप्त समाचार अनुसार त्यसरी प्रतिक्रृया दिनेहरुको फेसबुक आईडीको लिंक भने पत्ता लागेको बताईएको छ ।

Powered by Blogger.