पार्लर उद्घाटन गरेवापत एक वर्ष निःसुल्क सेवा लिदै संचिता !


बिगत एक दशकदेखी सौन्र्दय ब्यावसायमा सक्रिय रहदै आएकी गिता गिरिले संचालन गर्दै आएको मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको काठमान्डौको नयाँ बानेश्वरमा खोलीएको नयाँ साखाको उद्घाटन अभिनेत्री संचिता लुईटेलले गरेकी छिन् ।

ब्यावसायको राम्रो सँग प्रर्बधन हुने भएकाले पनि पछिल्लो समय सेलीब्रेटीलाई ल्याएर उद्घाटन गराउने गरीएको पाईएको छ । यसरी सेलीब्रेटीलाई ल्याएर उद्घाटन गराएपछि समाचार बन्छ र त्यो समाचारले ब्यावसाय बृद्धि गर्न सघाउ पुर्याउँछ ।

भक्तपुरको सुर्यबिनायकमा मुख्य साखा रहेको यस ब्युटीपार्लरको अबको एक महिना भित्रमा कलंकीमा पनि अर्को साखा खोलीने संचालीका गिता गिरिले बताएकी छिन् ।

हाल सम्म महिलाहरुको लागी मात्रै सौन्र्दय सेवा उपलब्ध गराउँदै आएको यस पार्लरले चाँडै नै पुरुषहरुको लागी पनि यस्ता किसीमका सेवाहरु उपलब्ध गराउने तयारी गरीरहेको बुझिएको छ ।

बैशाख महिना भरी यो पर्लरमा सेवा लिन आउनेहरुको लागी पचास प्रतिशत छुटको ब्यवस्था गरीएको छ । उद्घाटन गरे वाफत अभिनेत्री संचिता लुईटेलले एक वर्ष सम्म निःसुल्क सेवा लिन पाउने भएकी छिन् ।




Powered by Blogger.