होटलको बिल १५ लाख ५० हजार नतीरीकन सैफअलि खान फरार !


१९९८ को कालो हरीण शिकारको काण्डले बलिउड स्टार सलमान खान केही घण्टा जेलमा बस्नु पर्यो । अहिले
सलमानको जमानत भैसकेको छ र उनि घर पनि पुगीसकेका छन् । सलमान सँगै हरीण मारेको आरोप लागेका
अन्य कलाकारहरु सैफअलि खान,सोनाली बेन्द्रे,तब्बु र निलनलाई भने अदालतले सुरुमै सफाई  दिईसकेको थियो ।

तर जेल र सफाईको घटना सेलाउन नपाउँदै अर्को खबर बाहीर आएको छ ।

भारतीय संचार माध्यमका अनुसार १९९८ मा फिल्म हम साथ साथ है को छायांकनको क्रममा निर्माण पक्ष सँग
कलाकार सैफअलि खानको सम्झौता सुटिङ्ग अवधिभरी होटलमा बसेको खर्च सैफ आफैले भरपाई गर्ने गरि
भएको थियो । तर सलमानले कालो हरीणको शिकार गरीसकेपछि त्यहाँ खानतलासी गर्न पुलीस आयो र
माहोल अर्कै बन्यो अनि सैफ होटलको बिल नतीरीकन जोधपुरबाट मुम्बई फरार भएका थिए । पछि होटलले
फिल्मको निर्माण पक्ष सँग सैफले बिल भरपाई नगरीकीन्, फरारको शैलीमा भागेको बताएपछि साडे पन्द्र लाख
निर्माण पक्षले होटललाई तिरेको थियो ।



Powered by Blogger.