रामकहानीको पहिलो गित रिलिज (हेर्नुस भिडियो सहित)


सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्रतिक्षित चलचित्र रामकहानीको पहिलो गित रिलिज गरीएको छ ।

चलचित्रकी निर्मात्री तथा अभिनेत्री पुजा शर्माको जन्मदिनको अवसर पारेर निर्माण पक्षले यो गित रिलिज गरेको हो ।

रिलिज गरीएको (तिम्रो लागी म छु....... )बोल रहेको यस गितमा अर्जुन पोख्रेलको शब्द तथा संगीत रहेको छ भने अन्जु पन्त र सुगम पोख्रेलको स्वर रहेको छ ।

पुजा शर्मा,आकास श्रेष्ठ,केदार घिमिरे,जितु नेपाल र विल्सन बिक्रम राई लगायतका कलाकारहरुलाई प्रस्तुत गरीएको यस गितको भिडियोलाई धुर्मुस सुन्तलीले निर्माण गरेको रौतहटको एकीकृत नमुना बस्तीमा छायांकन गरीएको छ भने कोरीयोग्राफी कविराज गहतराजले गरेका छन् ।

सुर्दशन थापाद्धारा निर्मित तथा निर्देशीत यस चलचित्रमा पुजा,आकास,केदार,विल्सन,जितुका अलावा राजाराम पौडेल,शिशिर राणा,विशाल पहाडी,रविन्द्र झा, सोभित बस्नेत लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

यो चलचित्रलाई भदौ २२ गतेबाट सार्वजनीक प्रर्दशन गरीने बताईएको छ ।



Powered by Blogger.