बन्ने भयो प्रेम बाणी !


चलचित्र प्रेम बाणी बन्ने भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी यो चलचित्र निर्माण गर्ने घोषणा गरीएको छ ।

मायाँ प्रेमलाई मुख्य विषय बनाएको यो चलचित्रलाई निर्माण पक्षले सांगीतीक प्रेम कथामा आधारीत चलचित्र भएको बताएको छ ।

शुशिल शाही निर्माता रहेको यस चलचित्रलाई रिभान मल्लले निर्देशन गर्दैछन्, भने चलचित्रमा आयुष बिसिको कथा, बाबुल गिरि र आषिक श्रेष्ठको संगीत, बिनोद सापकोटाको छायांकन, श्री श्रेष्ठको एक्सन,कबिराज गहतराजको कोरीयोग्राफी, नेत्र विष्टको ब्यवस्थापन रहने छ ।

प्रेम बाणीमा मिथुन हमाल,आरोही शिंह,शुशिल शाही,सन्तोष आर्चाय,रोशन बिसि लगायत कलाकारले मुख्य भुमिकामा अभिनय गर्ने भएको छ ।

निर्माण पक्षका अनुसार यो चलचित्रको छायांकन बैशाख २० गतेबाट हुँदैछ ।

Powered by Blogger.