फिल्म चल्यो, तर चलेनन् पल शाह !


म्युजीक भिडियोबाट चर्चामा आयर  फिल्म खेल्न पुगेका अभिनेता पल शाह अहिले फिल्मबाट बेरोजगार बनेको खबर छ । फिल्म नाँई न भन्नु ल को चौथो सिरिजबाट फिल्ममा डेब्यु गरेका पल अभिनयमा सुधार ल्याउन नसकेकै कारण अहिले उनलाई फिल्मको अफर आउन छोडेको बताईन्छ ।

शाहले अभिनय गरेको पहिलो फिल्म नाँई नभन्नु ल ४ ले औसत ब्यापार गरेको थियो भने म यस्तो गित गाउँछु हिट भएको थियो ।

म यस्तो गित गाउँछु हिट हुनुको श्रेय संगीतकार अर्जुन पोख्रेललाई दिईएको छ । गितकै कारणले गर्दा यो फिल्मले राम्रो ब्यापार गरेको फिल्म पंडीतहरुले चर्चा गर्ने गरेका छन् ।

त्यसै गरी पलको तेश्रो फिल्म जोनी जेन्टलमेनलाई सुपर फ्लप फिल्मको दर्जा दिईएपनि यसका निर्देशन नितिन चन्दले भने यो फिल्मले निर्माताको लगानी सुरक्षीत गरेको दाबी गरेका छन् ।

त्यस्तै पलद्धारा अभिनीत पछिल्लो समय प्रर्दशन भएको फिल्म सत्रु गतेले अकल्पनीय ब्यापार गरेको छ । मह संचारले निर्माण गरेको यो फिल्म हेर्ने दर्शकले सबै भन्दा खराब अभिनय पल शाहकै भएको प्रतिकृया दिएका छन् ।
यो फिल्म पनि दिपकराज गिरिको कारणले मात्रै चलेको फिल्म पण्डीतहरुले बताउने गरेका छन् ।

फिल्म नाँई नभन्नु ल ४ प्रर्दशनको समयमा नेपाली फिल्म क्षेत्रले पललाई राम्रो सम्भावना बोकेका अभिनेताको रुपमा लिएको थियो । तर त्यही अभिनय क्षमता नहुँदा उनि अहिले पछाडी पर्दै गैरहेको देख्न थालीएको छ ।

अहिले फिल्म बृतमा चलेको चर्चालाई सापट लिएर भन्ने हो भने अब पल शाह फिल्ममा काम गर्न नसकेकै कारण फेरी म्युजीक भिडियो तर्फ फर्कीएका छन् ।

समग्रमा भन्ने हो भने फिल्म चलेपनि पल भने फिल्म क्षेत्रमा चल्न सकेनन् । उनले पछिल्लो समय मिडियामा अहिले आफुले फिल्ममा काम नगर्ने प्रतिकृया समेत दिएका छन् ।



Powered by Blogger.