नम्रता र विपिनलाई लिएर बनाउँदै प्रसाद !


आज सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र प्रसाद निर्माण गर्ने औपचारीक घोषणा गरीएको छ ।

अभिनेत्री नम्रता श्रेष्ठ निर्धारीत समय भन्दा करीब एक घण्टा ढिला उपस्थित भएका कारण कार्यक्रम पनि निर्धारीत समय भन्दा ढिला सुरु गरिएको थियो । त्यसो त आजभोली यस्ता कार्यक्रममा पत्रकार र अतिथिहरुलाई घण्टौं सम्म कुराएर राख्ने परम्परा नै बसेको छ ।

कार्यक्रममा ढिला उपस्थित हुने अनि मञ्चबाट एक पटक सरी भनिदींदा कलाकारहरु आफुले आफुलाई स्टार भएको महसुस गर्ने गर्दछन् ।

आफुलाई ब्यस्त भएको देखाउनको लागी पनि कलाकारहरु यस्ता कार्यक्रममा ढिला पुग्ने गरेको पाईएको छ ।
निः सन्तान एक दम्पतीको जिवनामा आउने उतार चढावलाई मुख्य विषय बनाएर निर्माण गर्न लागीएको यो चलचित्रलाई सुवास थापा प्रोडक्सनको ब्यानरमा सुवास थापाले निर्माण गर्दैछन्, भने दिनेश राउतले निर्देशन गर्दै छन् । चलचित्र प्रसादलाई चलचित्र समीक्षक तथा पत्रकार सुशिल पौडेलले लेखेका छन् ।

बैशाखको अन्तीम साताबाट छायांकन सुरु गरिने यो चलचित्रमा नम्रता श्रेष्ठ,विपिन कार्की र नविन मानन्धरले मुख्य भुमिकामा अभिनय गर्दैछन् ।


Powered by Blogger.