बुद्ध जयन्तीको अवसर पारेर रिलिज भयो (आउ फर्केर.....)


बुद्ध जयन्तीको अवसर पारेर सत्यकृत ब्याण्डले नयाँ गित रिलिज गरेको छ । 

जिवन जगत,धर्मकर्मका कुरा गित मार्फत बताउने यो ब्याण्डलाई नेपालमा अलि फरक किसिमले चिन्ने गरीएको छ ।

खास गरी सकारात्मक सोंच, सत्य वचन र सत्य बिचारलाई महत्व दिने यो ब्याण्डले रिलिज गरेको गितको बोल आउ फर्केर......,रहेको छ ।

सत्याकृत ब्याण्ड नेपालको एक मात्र अध्यात्मिक सांगीतिक व्याण्ड हो । यो ब्याण्डले पूर्विय, पश्चिमी, रक पप, शास्त्रिय, लोक, फ्यूजन शैलकिा गीतहरुलाई प्रस्तुत गर्दै आएको छ । यो ब्याण्डले इश्वर भक्तिपरक भजनहरु, गुरुज्ञानमय गीतहरु पस्कदै आएको छ । 

यो गीतमा श्री हजुरको शब्दमा तयार भएको यस गितको भिडियोको निर्देशन निशान घिमिरेले  गरेका छन्, भने विकास दाहालको सम्पादन, हरि हुमागाँइको छायांकन रहेको छ ।




Powered by Blogger.