रिलिज भयो मनोज महतोको नाचौं गाउँ झुमौं (भिडियो सहित)


गायक मनोज महतोको स्वर रहेको नाचौं गाउँ झुमौं बोल रहेको गितले युटुबमा निकै राम्रो प्रतिकृया पाएको छ ।
किशोर चौधरी र आर.के चौधरीको शब्द रहेको यस गितमा एस.के परियारले संगीत दिएका छन् ।
डान्सीङ्ग सैलीमा बनेको यो गित अहिले स्टेजहरु तिर निकै चलेको बताईन्छ ।

युवा पुस्तालाई लक्षित गरेर बनाईएको यो गितलाई अहिले स्टेजमा गाउने र नाच्ने दुबैले निकै प्रयोग गरिरहेको गायक महतोले बताएका छन् । उनले बताए अनुसार यो गित तयार गर्न करिब एक वर्ष समय खर्च गर्नु परेको छ ।

अनिल थापा र श्रृष्टी खड्का फिचरीङ्गमा रहेको यो गितको भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका छन्, भने सुरेन्द्र बसेलको कोरीयोग्राफी, उत्सव दाहालको छायांकन र बिकाश दाहालको सम्पादन रहेको छ ।

निर्माण पक्षले बताए अनुसार यो गितको भिडियो बनाउन करिब चार लाख रुपैंया खर्च गरिएको छ ।



Powered by Blogger.