बन्ने भयो चलचित्र म्हेन्दु !

चलचित्र म्हेन्दुको शुभ मुर्हत गरीएको छ । हिंजो बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी यो चलचित्रको मुर्हत गरीएको हो । पर्यटन मन्त्री रविन्द्र अधिकारीको प्रमुख आतीथ्यमा मुर्हत सम्पन्न गरिएको यस चलचित्रलाई मारोन मुभि एण्ड ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गर्न लागीएको छ ।

 कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी निर शाह, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकास अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

उपल्लो डोल्पामा बसोबास गर्ने शेर्पा समुदायमा म्हेन्दु शब्दलाई राम्री,प्यारी सुन्दरी भन्ने गरीन्छ ।

यस चलचित्रले हिमाली भेगमा बसोबार गर्ने शेर्पा समुदाय र तल्लो भेगमा बसोबार गर्ने आर्य समुदाय बिच भावनात्मक सम्बन्ध बिस्तार गर्न महत्व पुर्ण भुमिका खेल्ने निर्माण पक्षले दाबी गरेको छ ।

अर्जुन कुमार डोटेल र रामकुमार अधिकारी निर्माता रहेको यस चलचित्रमा चन्द्रमणी मुडभरी कार्यकारी निर्माता,बुद्धि तामाङ्ग,दुर्गा सहारा खड्का सह निर्माता र सुदिप डोटेल प्रस्तुतकर्ताको रुपमा रहेका छन् ।
करिब एक करोड पच्चीस लाखको लगानी निर्माण हुन लागेको यो चलचित्रमा भोला तिमल्सीना,रमेश सोढारी,सोनु राई,एसराज कुमार,बिन्दा थिङ,कालु राना,चन्द्रमणी मुडभरी,बाबुराम शक्य,किशोर खतीवडा,लक्ष्मण देवकोटा लगायत कलाकारले अभिनय गदै छन् ।

Powered by Blogger.