हल नपाएपछि पछाडी सर्यो हिरोज !

भोली चैत्र २३ गतेबाट प्रर्दशन हुने भनिएको चलचित्र हिरोज हल नपाएपछि पछाडी सरेको छ । करिब आधा दशक पहिले छायांकन भएको यो चलचित्रलाई एन बि मर्हजनले निर्देशन गरेका छन् ।

चैत्र २३ गतेलाई चलचित्र तिमी सँग र हिरोजले प्रर्दशन मिति तोकेका थिए । तिमी सँगमा पछिल्लो समय चलेका कलाकारहरु साम्राज्ञी शाह,नाजीर हुसेन, आकास श्रेष्ठ लगायतले अभिनय गरेका छन्, र यो चलचित्रको प्रचार प्रसार पनि राम्रै रहेकाले आषा जनक नै हल पाउन सक्यो तर हिरोजमा आषा गर्न लायक केही पनि नदेखीएकाले हल नपाएको श्रोतले बताएको छ ।

अहिले पनि सिनेमा हलहरुमा चैत्र ९ गतेबाट प्रर्दशन भएको शत्रु गते र गत हप्ता प्रर्दशन भएको भारतीय चलचित्र बाघी २ कै रजाई चलिरहेको छ ।

Powered by Blogger.