बैशाख १३ मा हुँदै ब्लाईन्ड रक्सको च्यारीटी शो !

केही महिना पहिले सार्वजनीक प्रर्दशन भएको बायोपीक चलचित्र ब्लाईन्ड रक्सको बैशाख १३ गते च्यारीटी शो हुने भएको छ ।

दृष्टी बिहीन युवती श्रृष्टी केसीले संचालन गरेको ब्लाईन्ड रक्स अर्गनाईजेसनको सहयोर्गाथ यो च्यारीटी शो गर्न लागीएको चलचित्रका निर्माता निकेश लिम्बुले बताएका छन् ।

यो चलचित्र पनि श्रृष्टी केसीकै जिवनमा आधारीत चलचित्र हो ।

बैशाख १३ गते साँझ साढे ५ बजे राजधानीको कुमारी हलमा हुने उक्त च्यारीटीमा राज्यका विशिष्ट श्रेणीका ब्याक्तीहरुले यो चलचित्र हेर्ने भएका छन् ।

बेनिशा हमाल,गोरी मल्ल,अर्पण थापा लगायत कलाकाले अभिनय गरेको यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् ।



Powered by Blogger.