ब्ल्याक को गित रिलिज (भिडियो सहित)

जेठ ११ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र ब्ल्याकले आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि गित रिलिज गरेको छ ।

रिलिज गरिएको गितको भिडियोमा पहिलो चार सर्ट हुबहु बलिउडको चर्चीत फिल्म बाहुबलीबाट कपि गरीएको छ । त्यो चार सर्टमा हिरोईनले लगायको ड्रेस र स्टेप र भिडियो ईफेक्ट (पुतलीहरु हिरोईनको शरीरमा बस्ने )सम्म परेको छ ।

डा. कविराज बान्तवाको शब्द,महेश खड्काको संगीतमा सुगम पोख्रेलले स्वर दिएको यस गितको भिडियोलाई रामजि लामीछानेले कोरीयोग्राफी गरेका छन्, भने आकास श्रेष्ठ र आँचल शर्मालाई प्रस्तुत गरिएको छ ।

फिल्म मोसनको ब्यानरमा आश्मा पाण्डे निर्माता रहेको यो चलचित्रलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका छन्, भन कार्यकारी निर्मातामा चेतन पाण्डे रहेका छन् ।

चलचित्रमा मौनता श्रेष्ठको लेखन,रामशरण उप्रेतीको छायांकन, अर्जुज जिसिको सम्पादन र चन्द्र पन्तको द्धन्द रहेको छ ।

आकास श्रेष्ठ,आँचल शर्मा,शुन्दर श्रेष्ठ,आयुष रिजाल,सुशिल क्षेत्री,धिरेन शाक्य,प्रिया रिजाल लगायत कलाकारले अभिनय गरेका ब्ल्याक लाई राजधानीमा गोबिन्द शाही र मोफसलमा उज्जल पौडेल र मनोज राठीले बितरण गर्दैछन् ।


Powered by Blogger.