बन्धन बैशाख २१ गतेबाट प्रर्दशन हुने !

सविन श्रेष्ठ र पुर्णिमा लामाको मुख्य भुमिकामा अभिनय रहेको चलचित्र बन्धन अब दर्शक माझ आउने भएको छ । बन्धनका कार्यकारी निर्माता पदम राज बलले नेप्लीउडलाई बताए अनुसार बैशाख २१ गतेबाट बन्धन अल नेपाल एक साथ प्रर्दशन हुने भएको छ ।

श्रृजना फिलिम्सको ब्यानरमा ज्ञानबहादुर योञ्जन प्रस्तुतकर्ता रहेको यो चलचित्रलाई शिशिर जय खरेलले निर्माण गरेका हुन्, भने समिर मिँया यसका निर्देशक हुन् ।

चलचित्रमा अष्ठ मर्हजनको द्धन्द,शिवंम अधिकारीको लेखन,राजेन्द्र भट्टकको संगीत,रोहन नेपालीको कोरीयोग्राफी र क्यामोदीन मिँयाको सम्पादन रहेको छ ।


Powered by Blogger.