अब मनोज गजुरेल चलचित्रको पर्दामा पनि !


विषेश गरि गाईजात्रा कार्यक्रममा स्वदेशी तथा बिदेशी नेताहरुलाई बेङ्गे गरेर नेपाली रंग मञ्चमा आफ्नो विषेश छवि बनाएका हाँस्य बेङ्गेकार मनोज गजुरेलले अब चलचित्रमा पनि अभिनय गर्ने भएका छन् । गजुरेलको मुख्य भुमिका रहने चलचित्र सयकडा दश को गत सोमबार शुभमुर्हत गरेर छायांकन सुरु गरिएको छ ।
सोमबार बौद्ध नयाँबस्तीस्थित सर्वेश्वर महादेव मन्दिरमा मुर्हत सँगै पहिलो दृश्यको छायांकन पनि गरीएको छ । उक्त अवसरमा अभिनेता राजाराम पौडेलले मनोज गजुरेललाई माला लगाएर फिल्म क्षेत्रमा स्वागत गरेका थिए ।

सफल चलचित्र प्रेमगीत २ का निर्देशक रामशरण पाठकले निर्देशन गर्ने यो चलचित्रमा मनोज गजुरेल र राजाराम पौडेलका अलावा रवि डंगोल,रश्मि भट्ट,अमित पोख्रेल,उत्सव न्यौपाने,सोनिया राई,कुमार कार्की,प्रसिद्ध थापा,मानस्वि निरौला लगायत कलाकारले अभिनय गर्दैछन्, भने यसै चलचित्रबाट अमृत ढुंगाना र करुणा श्रेष्ठले डेब्यु पनि गर्दैछन् ।

चलचित्रमा रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दिलिप ओखेडाको नृत्य निर्देशन, कल्याण सिंहको संगीत रहने छ ।

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण हुन लागेको सयकडा दशलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गर्न लागेका हुन् ।



Powered by Blogger.