हेर्नुस यस्तो छ लिलिबिलिको दुई दिनको कमाई !


गत सुक्रबारबाट प्रर्दशन भएको चलचित्र लिलिबिलिको २ दिन सुक्रबार र शनिबारको कलेक्सन सार्वजनीक भएको छ ।

चलचित्रका निर्माता तथा बितरक गोविन्द शाहीले उपलब्ध गराएको रिर्पोट अनुसार लिलिबिलिले सुक्रबार राजधानीबाट ४२,००,००० मोफसलबाट ४०,००,००० र शनिबार राजधानीबाट ७१,८३,९५६ र मोफसलबाट ६५,००,००० गरी दुई दिनमा कुल २,१८,८३,९५६ कलेक्सन गर्न सफल भएको छ ।

नयाँ वर्षको अवसर पारेर २०७४ सालको अन्तिम दिनबाट प्रर्दशन भएको यो चलचित्रले राम्रै ब्यापार गरेको चर्चा चलेको छ ।

हिंजो नयाँ वर्ष र शनीबार एकै दिन परेर एक दिन मात्रै बिदा खान पाएको यो चलचित्रले अल नेपाल हाउसफुलको ब्यापार गरेको बताईएको छ ।

प्रदिप खड्का,जसिता गुरुङ्ग,प्रियंका कार्की,अनुप बिक्रम शाही,सविन श्रेष्ठ लगायत कलाकाले अभिनय गरेको यस चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन भने गोविन्द शाही,मिलन चाम्स र सुदिप खड्काले संयुक्त रुपमा निर्माण गरेका हुन ।



Powered by Blogger.