लिलिबिलिको कन्र्सटमा दर्शकको थामीनसन्नु भिड !


चैत्र ३० गतेबाट प्रर्दशन हुन लागेको चलचित्र लिलिबिलले प्रचार प्रसारलाई ब्यापक बनाएको छ । मोफसल भ्रमण सकेर राजधानी भित्रीय लगत्तै निर्माण पक्ष राजधानीमा पनि ब्यापक रुपमा कन्र्सटहरु गरिरहेको छ ।
यो चलचित्रले राजधानी प्रचार प्रसार गोंगबुको बिजि मलबाट सुरुवात गरेको छ । 

हिंजो बिहिबार बिजि मलको कम्पाउन्डमा गरिएको कन्र्सटमा कलाकारहरु प्रदिप खड्का,जसिता गुरुङ्ग, निर्देशक मिलन चाम्स,निर्माताहरु गोविन्द शाही,सुदिप खड्का लगायत उपस्थित भएका थिए ।



उक्त कन्र्सटमा युवास्टार प्रदिप खड्काको क्रेज राम्रै देखीएको थियो । प्रदिप सँग सेल्फी लिने युवा युवतीको भिड थामी नसक्नु थियो ।

केही दिन यता कन्र्सटमै ब्यस्त रहेको लिलिबिलि टिम प्रति दर्शकको चासो देख्दा यो चलचित्रले राम्रै ब्यापार गर्ने आँकलन गरिएको छ ।


काफीया फिलिम्स,चाम्स ईन्टरटेन्मेन्ट र सुदिप खड्का प्रोडक्सनको ब्यानरमा गोविन्द शाही, मिलन चाम्स र सुदिप खड्काले निर्माण गरेका हुन्, भने मिलन चाम्सले निर्देशन गरेका हुन् ।
चलचित्रमा प्रदिप र जसिताका अलावा प्रियंका कार्की,अनुप बिक्रम शाही,सविन श्रेष्ठ लगायत कलाकारले अभिनय गरेका छन् ।

Powered by Blogger.