चलचित्रकर्मी र पत्रकारले रुचाए लिलिबिलि !

प्रदिप खड्का,जसिता गुरुङ्ग र प्रियंका कार्की अभिनीत चलचित्र लिलिबिलिले आज सुक्रबार राजधानीमा पत्रकार तथा चलचित्रकर्मीहरुलाई चलचित्र देखाएको छ ।

पत्रकार तथा चलचित्रकर्मीहरुले लिलिबिलिलाई रुचाएका छन् ।

युरोपका बिभिन्न स्थानमा छायांकन गरीएको लिलिबिलि हेर्दा मन र आँखालाई सन्तुष्टी मिल्ने प्रतिकृया उनिहरुले दिएका छन् ।

राजधानी तथा मोफसलका मल्टिप्लेक्स सिनेमा हलमा अत्याधीक धेरै शो पाएको यो चलचित्रले राम्रै ब्यापार गर्ने आँकलन चलचित्र बृतमा गरिएको छ ।

काफीया फिलिम्स,चाम्स ईन्टरटेन्मेन्ट र सुदिप खड्का प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन भने प्रदिप भारद्धाजले लेखन गरेका छन् ।
चलचित्रमा प्रदिप खड्का,जसिता गुरुङ्ग,प्रियंका कार्कीका अलावा सविन श्रेष्ठ,अनुप बिक्रम शाही, धुब्र दत्त लगायत कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा कबिराज गहतराजको कोरीयोग्राफी,चन्द्र पन्तको द्धन्द,अर्जुन जिसिको सम्पादन,सुदिप बरालको छायांकन र यसडी योगी र एलीस कार्कीको संगीत रहेको छ ।



Powered by Blogger.