मल्टिप्लेक्समा लिलिबिलिको अग्रीम बुकिङ्ग खुल्ला !


चैत्र ३० गते अर्थात आगामी सुक्रबारबाट प्रर्दशन हुन लागेको यो वर्षको अन्तिम र प्रतिक्षीत चलचित्र लिलिबिलिको अग्रीम टिकट बुकिङ्ग खुल्ला गरीएको छ ।

यो चलचित्रले राजधानी लगायत मोफसलका मल्टीप्लेक्स सिनेमा हलमा सर्वाधीक धेरै शोहरु पाएको छ ।

लिलिबिलिले क्युएफएक्स च्यानलका ८ ओटा पर्दामा ३८ शो, सिने डि सेफमा ७ शो, एफक्युबमा ६ शो, क्युजमा ६ शो र बिएसआर मुभिजमा ६ शो पाउन सफल भएको छ, । भने यि बाहेक सिंगल पर्दामा पनि यो चलचित्रले एक छत्र राज गर्ने आँकलन गरिएको छ ।

मिलन चाम्सले निर्देशन गरेको लिलिबिलिलाई गोविन्द शाही,मिलन चाम्स र सुदिप खड्काले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

चलचित्रमा प्रदिप खड्का,जसिता गुरुङ्ग,प्रियंका कार्की,अनुप बिक्रम शाही,सविन श्रेष्ठ लगायत कलाकारले अभिनय गरेका छन् ।



Powered by Blogger.