जापानमा सम्पन्न भयो लिलिबिलिको ग्राण्ड प्रिमियर !


चैत्र ३० गतेबाट अलनेपाल प्रर्दशन हुन लागेको चलचित्र लिलिबिलिको जापानमा ग्राण्ड प्रिमियर गरिएको छ । जापानको टोकीयो स्थित नकानो जिरो हलमा सम्पन्न भएको उक्त प्रिमियरमा निर्माता गोविन्द शाही,अभिनेता प्रदिप खड्का,अभिनेत्री जसिता गुरुङ्ग उपस्थित भएका थिए ।

चलचित्र हेरीसकेपछि दर्शकले दिएको प्रतिकृयाबाट आफु निकै उत्साहीत भएको निर्माण पक्षले बताएको छ ।
जापान प्रिमियर आयोजक डेस्टिनी क्रियसनका अनुसार नेपाली चलचित्रहरु यत्तिको राम्रो भैदिने हो भने, नेपाली चलचित्रलाई अन्राष्ट्रिय बजार खोज्न गाह्रो नहुने बताएको छ ।


मिलन चाम्स निर्देशीत लिलिबिलिमा प्रदिप खड्का,प्रियंका कार्की,जसिता गुरुङ्ग,सविन श्रेष्ठ,अनुप विक्रम शाही लगायत कलाकारले अभिनय गरेका छन् ।

काफीया फिलिम्स,चाम्स ईन्टरटेन्मेन्ट र सुदिप खड्का प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रमा मिलन चाम्स,गोविन्द शाही र सुदिप खड्काको लगानी रहेको छ ।



Powered by Blogger.