सबै दर्शकले हेर्न पाउने भए लिलिबिलि !

चैत्र ३० गतेबाट प्रर्दशन हुन लागेको चलचित्र लिलिबिलिले केन्द्रीय चलचित्र जाँचपास समीतिबाट युनिर्भसल प्रमाणपत्र प्राप्त गरेको छ । अब यो चलचित्र सबै उमेरका दर्शकले हेर्न पाउने भएका छन् ।

केही दिन पहिले मात्रै मोफसल प्रचार प्रसार सकेर राजधानी फर्कीएको निर्माण पक्ष अहिले राजधानी केन्द्रीत प्रचार प्रसारमा जुटेको छ ।

प्रर्दशन हुन दुई दिन मात्रै बाँकी रहँदा अहिले यस चलचित्रको निर्माण पक्ष कलाकारहको साथमा टेलिभीजन,एफएम र पत्र पत्रिकाहरु मर्फत दर्शकलाई चलचित्रको विषयमा जानकारी गराईरहेको छ ।

काफीया फिलिम्स,चाम्स ईन्टरटेन्मेन्ट र सुदिप खड्का प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् ।

प्रदिप खड्का,प्रियंका कार्की,जसिता गुरुङ्ग,सविन श्रेष्ठ,अनुप बिक्रम शाही लगायत कलाकारले अभिनय गरेको यो चलचित्रलाई बेलायतका बिभिन्न स्थानमा छायांकन गरिएको हो ।



Powered by Blogger.