सुक्कै नहोस यार, लम्फुको अर्को गित रिलिज (भिडियो सहित)


बैशाख २८ गतेलाई प्रर्दशन मिती तोकेको चलचित्र लम्फुले अर्को गित रिलिज गरेको छ ।

अभिनेता द्धय कबिर खड्का र सलोन बस्नेतको जोडदार नृत्य रहेको यस गितमा प्रमोद ढुंगानाको शब्द,शिब परीयारको स्वर र अर्जुन पोख्रेलको संगीत रहेको छ ।

बेरोजगार युवाको कथामा बनेको यस चलचित्रलाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका छन्, भने पपुलर मल्टीमिडीयाको ब्यानरमा शक्ति बल्लब घोरासैनीले निर्माण गरेका हुन् ।

लम्फुलाई भुपतिले लेखेका हुन्, भने दिपक बज्राचार्यको छायांकन,हरि सिलवालको सम्पादन, अर्जुन पोख्रेलको संगीत र रामजि लामिछाने,शिब बिकको कोरीयोग्राफी रहेको छ ।

दर्शकले राम्रै सँग रुचाउने आषा गरिएको यो चलचित्रमा सलोन बस्नेत,कबिर खड्का,मरिस्का पोख्रेल,कुसुम श्रेष्ठ तरकारीवाली,अजित लामिछाने,चाँदनी शर्मा,सञ्जीत भण्डारी,आयन खड्का,ओम गुरुङ्ग,सन्तोष कार्की,रश्मी भट्ट,जानुका पौडेल,काजोल लगायत कलाकारले अभिनय गरेका छन् ।

Powered by Blogger.