हेर्नुस यस्तो छ लम्फुको ट्रेलर (भिडियो सहित)


२०७५ सालको बैशाख २८ गतेलाई प्रर्दशन मिती तोकेको चलचित्र लम्फुले बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि अफिसियल ट्रेलर रिलिज गरेको छ ।

रिलिज गरिएको ट्रेलरलाई अल्लारे युवाहरुको कथा सँगै मायाँ प्रेम र केही एक्सनलाई पनि समेटेर मसालाको रुपमा बनाईएको छ ।

निर्माण पक्षले ज्योतीषीको सल्लाह बमोजीम बिहिबार दिउँसो ठिक ३ बजे ट्रेलर रिलिज गरेको हो ।

ट्रेलर रिलिज कार्यक्रममा उपस्थित भएका अभिनेता सलोन बस्नेतले यो चलचित्रमा आफुले अन्य चलचित्र भन्दा निकै फरक काम गरेको दाबी गरेका छन्, । उनले भने- मैले अगाडीका मेरा अन्य चलचित्रहरु ए मेरो हजुर २ लगायतमा जुन किसिमको काम गरेको थिए त्यो भन्दा निकै फरक गरेको र त्यसरी आफुलाई फरक किसिमले उपस्थित गराएको निर्देशक गोपाल चन्द्र लामिछानेलाई धन्यवाद समेत दिएका छन् ।

त्यसै गरि निर्देशक लामिछानेले पनि यो चलचित्र मन नपरेमा आफुलाई गाली गर्न समेत आग्रह गरेका छन् । दर्शकको गालीले नै आफुलाई थप राम्रा चलचित्र बनाउन प्रेरीत गर्ने उनले बताए ।

पपुलर मल्टिमीडीयाको ब्यानरमा शक्ति बल्लव घोरासैनी निर्माता गरेको लम्फुमा कविर खड्का,सलोन बस्नेत,मरिस्का पोख्रेल,अजित लामिछाने, चाँदनी शर्मा,सञ्जित भण्डारी,आयन खड्का, ओम गुरुङ्ग,कुसुम श्रेष्ठ (तरकारीवाली)जानुका पौडेल,पुष्प आर्चाय सँगै बालकलाकार कुसाग्र भट्टराईले पनि अभिनय गरेका छन् ।
चलचित्रमा दिपक बज्राचार्यको छायांकन,भुपतीको लेखन,अर्जुन पोख्रेलको संगीत र हरि सिलवालको सम्पादन रहेको छ ।


Powered by Blogger.