प्रधानमन्त्री ओली सँग राजेश हमाल र दिनेश डिसि !

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण टोलीमा नेपाली चलचित्र क्षेत्रको प्रतिनिधित्व गर्दै राजेश हमाल र दिनेश डिसि पनि भारत जाने भएका छन् ।

गत सुक्रबार राजधानीमा सम्पन्न भएको दोश्रो फान अर्वाड समारोहमा प्रधानमन्त्री ओलीले आफ्नो आगामी भारत भ्रमणमा चलचित्रकर्मीको पनि सहभागीता गराउने बचन दिएका थिए ।

प्रधानमन्त्री ओलीले चैत्र २४ गते भारतीय चलचित्रकर्मीहरु सँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । उक्त भेटघाटमा चलचित्र छायांकनको लागी उनिहरुलाई नेपाल आउन आग्रह गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चैत्र २३ देखी २५ गते सम्म भारत भ्रमणमा रहने छन् ।

Powered by Blogger.