ट्रेन्डीङ्गकोे पहिलो स्थानमा कोहलपुर एक्सप्रेसको ट्रेलर !

चलचित्र कोहलपुर एक्सप्रेसको ट्रेलरलाई दर्शकले रुचाएका छन् । युटुबमा अपलोड गरेको पाँच दिनमै यो ट्रेलर ट्रेन्डीङ्गका पहिलो स्थानमा पर्न सफल भएको छ । बैशाख १४ गतेलाई प्रर्दशन मिति तोकेको कोहलपुर एक्सप्रेसलाई विशाल भण्डारीले निर्देशन गरेका छन् ।

जुनकीरी आर्टको ब्यानरमा अभिनेत्री केकी अधिकारी प्रस्तुतकर्ता रहेको यो चलचित्रलाई भद्रबहादुर शाही,देवीलाल न्यौपाने र शिब प्रसाद चौलागाँईले निर्माण गरेका हुन् ।

चलचित्रमा केकी अधिकारी,प्रियंका कार्की,ऋचा शर्मा,बुद्धि तामाङ्ग,रविन्द्र झा,बिनोद न्यौपाने,कुशाग्र भट्टराई लगायत कलाकारले अभिनय गरेका छन् ।

कोहलपुर एक्सप्रेसमा अर्जुन तिवारीको छायांकन,गम्भीर विष्टको कोरीयोग्राफी,अर्जुन पोख्रेल,कालीप्रसाद बासकोटा र राजनराज सिवाकोटीको संगीत,सान बस्न्यातको पटकथा,संवाद, र लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।


Powered by Blogger.