ब्रासलेट पछि (यात्रा अ म्युजीकल भ्लग) बनाउँदै केसब भट्टराई !

चलचित्र ब्रासलेटबाट ब्यावसायीक घाटा बेहोरेका पुराना निर्माता तथा कलाकार केसब भट्टराईले अर्को चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् ।
सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी औपचारीक रुपमा चलचित्र यात्रा अ म्युजीकल भ्लग निर्माण गर्ने घोषणा गरेका हुन् । यो चलचित्रलाई सम्राट शाक्यले निर्देशन गर्दैछन् ।

चलचित्र ए मेरो हजुर २ बाट अभिनेता बनेका सलिनमान बनियाँ यो चलचित्रको मुख्य कलाकार हुन भने यसै चलचित्रबाट नव अभिनेत्रीको रुपमा मलिका महतले डेब्यु गर्दै छिन् । चलचित्रमा यि दुईका अलावा सलोन बस्नेत,राजाराम पौडेल,धिरेन शाक्य,जाहान्वी बस्नेत,प्रेक्षा बज्राचार्य,जयनन्द लामा,रियर राई,देश भक्त खनाल,एन्जल राई र अंकीत संग्रौलाको अभिनय रहने छ ।


कोटकी कालीका देवी प्रा.लिको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा केशब भट्टराई सँगै  मधु क्षेत्री,मुक्ति तिम्सिना र धर्मराज अधिकारीले निर्माणमा सहकार्य गर्दैछन् ।

चलचित्रमा संजय लामाको छायांकन,हिमाल केसीको द्धन्द, बनिश शाहको सम्पादन, कविराज गहतराज,प्रविण शिंहको कोरीयोग्राफी र सम्भुजीत बाँसकोटा,प्रतिक पौडेल,कोबिड बज्रको संगीत रहने छ ।

यहि बैशाख २० गतेबाट छायांकन सुरु हुने यो चलचित्रको प्रर्दशन असोज ५ गतेबाट हुने निर्माण पक्षले बताएको छ ।

Powered by Blogger.