बैशाख १४ को मिती सहित हेप्पी डेजको नयाँ ट्रेलर रिलिज !


बैशाख १४ गतेलाई प्रर्दशन मिती तोकेको चलचित्र हेप्पी डेजको नयाँ ट्रेलर रिलिज भएको छ ।

२०७४ सालको माघ १२ गतेलाई प्रर्दशन मिती तोक्दै पहिलो ट्रेलर रिलिज गरेको यो चलचित्र प्राविधिक कारणले उक्त मितीमा प्रर्दशन हुन सकेको थिएन । त्यस पछि प्रर्दशनको विषयमा अन्यौलमा रहँदै आएको यो चलचित्रले अब भने पक्का पक्की हिसाबले बैशाख १४ लाई प्रर्दशन मिती तोकेको छ ।

चाम्स ईन्टरटेन्मेन्ट र लण्डन सिने आईको ब्यानरमा भवानी शर्मा,हिराल जोशी,विपि खनाल, असोक खनाल र मिलन चाम्सले निर्माण गरेको यो चलचित्रलाई मिलन चाम्सले नै निर्देशन गरेका छन् ।

हेप्पी डेजमा दयाहाङ्ग राई,प्रियंका कार्की,दिया पुन,विक्की जोशी,संजय गुप्ता,रुपा पुन,शिशिर राणा,जेन बकल र रिकेश चाम्स लगायत कलाकारले अभिनय गरेका छन् ।



Powered by Blogger.