हेप्पी डेजको रथ यात्रा सम्पन्न !


पछिल्लो समय नेपाली चलचित्रका निर्माता तथा निर्देशकलाई चलचित्र निर्माण गर्न भन्दा प्र्रर्दशन गर्न र त्यसको प्रचार प्रसार गर्न निकै सकस परिरहेको छ । जस्तो सुकै नयाँ नयाँ तरिका अपनाएर प्रचार प्रसार गर्दा पनि चलचित्रहरुले त्यही प्रचार प्रसारमा लागेको रकम उठाउन पनि हम्मे हम्मे भैरहेको छ ।

पुराना चलचित्रहरुले अपनाएको प्रचार प्रसारको तरीकालाई अनुसरण गर्दा आफ्नो चलचित्रको अवस्था झनै खस्कीने डरले गर्दा निर्माताहरु जहिले पनि नयाँ नयाँ तरीका खोज्दै हिंड्ने गरेको पाईन्छ ।

यसै क्रममा आफ्नो अघिल्लो चलचित्र लिलिबिलिमा देशका प्रमुख शहरहरुमा पुरेर सांगीतीक कन्र्सट गरेका निर्माता तथा निर्देशक मिलन चाम्सले चलचित्र हेप्पी डेजको लागी अलि फरक शैली अपनाएका छन् ।

बैशाख १४ गतेबाट प्रर्दशन हुन लागेको यो चलचित्रले आज ललितपुरको लगनखेलबाट रथ यात्रा प्रारम्भ गरेको थियो । उक्त रथ यात्रा कुपण्डोल,थापाथली,त्रिपुरेश्व, दरबारमार्ग,पुतली सडक हुँदै भृकुटी मण्डपमा पुगेर पत्रकार सम्मेलनमा परिणत भएको थियो । भृकुटी मण्डपमा यो चलचित्रका कलाकार तथा निर्माण टिमले हेप्पी डेज हेर्नु पर्ने केही कारणहरु बताएका थिए ।

प्रियंका कार्की र दयाहाङ्ग राईको मुख्य भुमिकामा अभिनय रहेको यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् ।



Powered by Blogger.