ह्याप्पी डेजले रथ यात्रा गर्ने !


आगामी सुक्रबार अर्थात बैशाख १४ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र ह्याप्पी डेजले काठमान्डौं र ललितपुरमा रथ यात्रा गर्ने भएको छ ।

प्रर्दशन मिती नजिकीदै गर्दा प्रचार प्रसारलाई तिब्रता दिंदै निर्माण पक्षले रथ यात्रा गर्न लागेको बुझिएको छ ।

यो रथ यात्रा सोमबार बिहान १० बजे ललितपुरको लगनखेलबाट सुरु भएर थापाथली,त्रिपुरेश्वर, दरबारमार्ग,पुतलीसडक हुँदै भृकुटीमंडप पुगेर टुंगीने छ । भृकुटीमंडपमा निर्माण पक्ष र कलाकारहरुले चलचित्रको विषयमा पत्रकारलाई जानकारी पनि गराउने छन् ।

चाम्स ईन्टरटेनमेन्ट र लण्डन सिनेआईको ब्यानरमा बिपि खनाल,भवानी शर्मा,हिराल जोशी,मिलन चाम्स,डा. असोक खनाल निर्माता  रहेको यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् ।

चलचित्रमा दयाहाङ्ग राई,प्रियंका कार्की,दीया पुन,संजय गुप्ता,शिशिर राणा,विक्की जोशी,रुपा पुन,जेन बकल र रिकेश चाम्सले अभिनय गरेका छन् ।


Powered by Blogger.