जेठ ४ गतेबाट प्रर्दशन हुने हैरानको पोस्टर रिलिज !

बिश्वकै कान्छा चलचित्र निर्देशकको रुपमा गिनिज बुक अफ वल्र्डमा नाम दर्ता गराउन सफल सौगात विष्टले निर्देशन गरेको दोश्रो चलचित्र हैरानको पोस्टर सार्वजनीक गरिएको छ ।

कमेडी जनरामा निर्माण भएको यो चलचित्रको पोस्टरमा चलचित्रका मुख्य सबै कलाकारहरु अटेका छन् ।
डान्स फेभरको ब्यानरमा निर्माण गरिएको हैरानलाई मुक्ति घले,श्रृष्टी घिमिरे, वाई.एल लामाले संयुक्त रुपमा निर्माण गरेका हुन्, भने कार्यकारी निर्मातामा सम्झना पोख्रेल रहेकी छिन् ।

हैरानको प्रर्दशन मिति जेठ ४ गतेलाई तोकीएको छ, भने चलचित्रमा गम्भीर विष्टको कोरीयोग्राफी,चन्द्र पन्तको द्धन्द,नवराज उप्रेती र निरज कंडेलको छायांकन,प्रितम पाण्डेको सम्पादन, सत्य स्वरुपराज आर्चाय,सन्तोष श्रेष्ठ,किरण कँडेल र राजन ईसानको संगीत रहेको छ ।

हैरानमा सत्यराज आर्चाय,निर्मल शर्मा,गजित विष्ट,सरोज खनाल,बुद्धि तामाङ्ग,निस्मा घिमिरे,सागर लम्साल,एन्जल राई,आरोही शर्मा,शिशिर भण्डारी लगायत कलाकारले अभिनय गरेका छन् ।



Powered by Blogger.