राजधानीमा सम्पन्न भयो ब्लक बस्टर फिल्म अर्वाड !


निरन्तर नेपाली चलचित्र क्षेत्र सँग सम्बन्धीत सम्मान तथा अर्वाड कार्यक्रम गर्दै आईरहेको बक्स अफिस फिल्म क्लब नेपालले गत चैत्र २९ गते ब्लक बस्टर फिल्म  अवार्ड सम्पन्न गरेको छ ।

यो अर्वाडमा २०७४ साल भरी प्रर्दशनमा आएका ९३ वटा चलचित्रहरुले प्रतिस्पर्धा गरेका थिए ।

२०७५ सालको शुभकामना सँगै उत्कृष्ठ चलचित्र बनाउने कम्पनी र निर्माताहरुलाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ यो अर्वाड कार्यक्रमको आयोजना गरीएको आयोजक आर.के सुबेदीले नेप्लीउडलाई बताएका छन् ।

सोही अवसरमा लामो समय देखी चलचित्र पत्रकारीतामा सक्रिय रहेका तिन जना पत्रकारलाई पनि नगद सहित सम्मन गरीएको थियो । यसरी सम्मान पाउनेहरुमा चलचित्र पत्रकारहरु कुबेर गिरि, दिपक श्रेष्ठ र उत्सव रसाईली रहेका छन् ।

कुल ५ विधामा प्रदान गरिएको यस अर्वाड कार्यक्रममा वर्षको ब्लकबस्टर अर्वाडबाट छक्का पञ्जा २ लाई सम्मान गरियो, भने उत्कृष्ट ईनीसीयल ब्यापार गर्ने अर्वाडबाट चलचित्र क्रृ सम्मानीत भयो ।

ए मेरो हजुर २, म यस्तो गित गाउँछु,प्रेम गित २, शत्रु गते र २ रुपैंयाले सुपरहिट चलचित्र अर्वाड हात पार्न सफल भएका छन् । त्यसैगरी वर्षको भाग्यमानी चलचित्रहरुको अर्वाड झ्याँन कुटी, मिस्टर झोले, घामपानी, राधे, पिंजडा ब्याक अगेनले हात पारेका छन्, भने पब्लिक च्वाईस अर्वाड मंगलमले हात पारेको छ ।
सुपर मार्केट विनिङ्ग अर्वाडबाट चलचित्र एश्वर्या सम्मानीत भएको छ ।

उक्त कार्यक्रममा चलचित्र क्षेत्र सँग सम्बन्धीत सम्पुर्ण संघ संस्थाका अध्यक्षहरु सँग चलचित्रकर्मीहरुको पनि उपस्थित रहेको थियो

Powered by Blogger.